घरबाट गएकी पत्नीलिन हिँडेका नेपालीको भारतमा रेलबाट खसेर मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा रेलबाट एक जना नेपाली युवाको ज्यान गएको छ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ स्थायी घर भएका ३० बर्षीय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकी घटनास्थलमै मुत्यु भएको उनका आफन्तले बताएका छन्।

Advertisement

गुजरातको वापिमा काम गर्दै आएका मोहनको नेपालबाट आफन्तसँग आएकी आफ्नी श्रीमती डुम्की परियारलाई लिन जाँदै गर्दा रेलबाट खसेर ज्यान गएको हो।

आईतबार पालघारमा पोष्टमार्टम भएपछि आफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरेको भाई प्रबिण विकले बताएका छन् ।

More News last news
Loading...