धोबिघाट । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको नर्भिक अस्पतालले जनाएको छ।
दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
