काठमाडौं । दशौं कोरियन भाषा परीक्षाका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । आउँदो शनिबार र आइतबार हुने कोरियन भाषा परीक्षाको लागि काठमाडौंमा २८ र पोखरामा ४ वटा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
काठमाण्डौमा बाग्मती बोर्डिङ स्कुल सुकेधारा, द न्यू समिट स्कुल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन ललितपुर, लिटिल एन्जेल्स स्कुल हात्तिवन, एल.आर.आई स्कूल स्यूचाटार, एन।के।सिंह मेमोरियल ईपीएस स्कूल मिनभवन, भी.एस.निकेतन स्कुल लगायतका कलेजहरु तोकिएको छ । पोखरामा पोखरा पब्लिक स्कुल चौथे, स्टेप बाई स्टेप स्कुल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कुल मिलचौर र सृजना सेकेण्डरी स्कुल सिर्जनाचौक गरी चार वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा पहिलो र दोस्रो गरी दुई सिफ्टमा सञ्चालन हुने छ । पहिलो सिफ्टका लागि बिहान ८ बजे र दिउँसो सिफ्टका लागि ११।३० बजे परीक्षा केन्द्रमा पुगेर आफ्नो स्थानमा बसिसक्नु पर्ने छ ।
परीक्षा शुरु हुने समयभन्दा एक घण्टा अगावै आफ्नो स्थानमा नबसेकोले गएका वर्षहरुमा धेरै परीक्षार्थीहरु परीक्षाबाट बञ्चित भएको भन्दै समयमै परीक्षा केन्द्र पुग्न पनि ईपीएस शाखाले अनुरोध गरेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
