काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँच्चिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँच्चिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन् ।
भाँचिएको कुर्सी सभामुखतर्फ देखाउँदै सांसद अधिकारीले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको चार पटक भैसक्यो, अहिलेसम्म धन्न दुर्घटना भएको छैन, बाँचिएको छ धन्न, यो कतिपटक भन्नुपर्ने हो, आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्, यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाइ पाउँ ।’
सभामुख कृष्ण बहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
