काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत अभिवादन गरे ।
उपराष्ट्रपति पुनको स्वागतका लागि नेपाल सरकारका उच्च पदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । सो अवसरमा उपराष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।
अष्ट्रियामा रहँदा उपराष्ट्रपति पुनले त्यहाँका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै इन्सब्रुकमा आयोजित सगरमाथा दिवस कार्यक्रममा सहभागी भएका थिए।
सो सम्मेलनमा सहभागी हुन उनी यही जेठ १२ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमण टोलीमा धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
