काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित हङकङ जान लागेकी एक महिला पक्राउ परेकी छिन्।
राहदानी नम्बर एसि ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन महिला JEANNIA ME GAW लाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको अमेरिकी डलर २० हजार ६ सय ३०, नेपाली १० हजार रुपैयाँ, हङकङ डलर १ हजार ४ सय २०, चाइनिज यन १ हजार ५० सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको ह्याण्ड ब्यागेज एक्सरेमा जाँच गर्ने क्रममा व्यागभित्र लुकाई छिपाई लैजान लागेको उक्त मुद्रा सहित उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकी क्यानडियन नागरिकलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
