आज मिति २०७६ जेठ १८ शनिबार। इस २०१९ जुन १। शकसंवत् १९४१। परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु। नेसं ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष त्रयोदशी, १६ः३२ उप्रान्त चतुर्दशी।
मेष
कुरा भन्दा काममा जोड दिनु होला। अरुको कुराको भरमा मात्रै काम नगर्नु होला। शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ। पढाई लेखाईमा थोरै ध्यान जानेछ। व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ। अनावस्यक खर्चमा कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ। आतिथ्यता ग्रहणको निम्तो आउनेछ।
मिथुन
मान्यजनको सहयोग सहानुभूति मिल्नेछ। आकस्मिक आम्दानीको योग देखिन्छ। व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ। प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ। पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन्। मिलेर काम नगर्नु होला।
तुला
दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ। आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ।
कुम्भ
काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ। उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । संचित धन बढ्नेछ । ज्ञान गुनका कुरा हुनेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
