एनआरएनए कतारको वृहत इफतार तथा इद मिलन कार्यक्रम–२०१९ सम्पन्न 

कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रमकाबीच ईद उल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार कतारको एसियन टाउन बोईशाखी रेष्टुरेण्टमा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको पावन अवसरमा बृहत ईफतार कार्यक्रम तथा ईद उल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कतारका कार्यवाहक राजदुत श्री लक्ष्मण खनालले ईद उल फितर जस्ता विशेष पर्वले स्वदेश तथा विदेशमा बस्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रबद्र्धन गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।

Advertisement

कार्यबहाक राजदुत खनालले एनआरनले समय–समयमा गर्ने यस्ता कार्यक्रमले विदेशमा रहेरपनि नेपालीहरुबीच मित्रताको भावना उजागर गर्न सहयोग पुग्ने भन्दै एनआरएनलाई धन्यवाद समेत दिए । कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाले इस्लाम धर्मको महत्व र पवित्र महिना रमदानमा बसिने रोझाको बैज्ञानिकताबारे धारणा राखेका थिए ।

अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार, नेपाली मुस्लिम समाज कतार, नेपाल पत्रकार महासंघ कतार लगायत बिभिन्न जिल्लाका जनसम्पर्क समिति एवं बैचारिक संस्थाका प्रतिनिधिहरुले प्रवासमा हुने यस्ता कार्यक्रमले नेपालीहरुबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक आर के शर्मा, एनआरएन आइसीसी मानार्थ परिषद्का सदस्यहरु टी.बी कार्की, नरेन्द्र भाट, कमलमणी गुरागाई, बिल बहादुर गुरुङ, महेन्द्र चम्लागाई, कुमार कार्की, बिनोद भट्टराई, एनआरएनए आईसीसी सदस्यहरु र एनसीसीका प्रमुख सल्लाहाकार विनेश कुमार तामाङ लगायत अन्य सल्लाहाकार सदस्यहरु सहितका महानुभावहरुको उपस्थिती रहेको थियो ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष तेज कटवालले स्वागत मन्तब्य राखेका थिए ।

More News last news
Loading...