आज प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुँदै, विभिन्न विषयमा छलफल हुने

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुने भएको छ।

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।

Advertisement

प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिने बताइएको छ । मोदीको सपथ ग्रहणमा सहभागी हुन बिहीबार प्रधानमन्त्री ओली भारत गएका हुन् ।

More News last news
Loading...