अब विदेशबाट आउँदा २५ तोला सुनका गहना ल्याउन पाउने, काँचो सुन १०० ग्राम

काठमाडौँ । सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनका गहनाको परिणाम बढाएको छ ।

विद्येयक २०७६ ले नयाँ विध्यक ल्याएसँगै अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको हो ।

Advertisement

सुनका गहना २५ तोलासम्म

नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ ।

More News last news
Loading...