११ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा बम पड्कियो

कालिकोट । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पलाँता ९ थिर्पुको सरस्वती माध्यमिक विद्यालयमा ११ औँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको छ ।

नेकपा विप्लव समूहले कार्यक्रम स्थलदेखि एक किलोमिटर आसपास बम पड्काएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मुख्यमन्त्री शाही दुई घण्टा पलाँता बसेर महाबै गाउँपालिका फर्किनुभयो ।

Advertisement

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ११ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुभएको हो । त्यस्तै सामाजिक विकास मन्त्री दलबहादुर रावलले खेदकुदबाट नै राष्ट्रको समृद्धि हुनेमा जोड दिनुभयो ।

More News last news
Loading...