१२ मध्ये यी ४ राशिका व्यक्ति बन्ने गर्दछन् राम्रो हाकिम

एजेन्सी । ज्योतिषमा मेषदेखि मिनसम्म कुल १२ राशि उल्लेख गरिएको छ। सबै राशिका व्यक्तिको स्वभाव र बानी फरक फरक हुने गर्दछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार केही राशिका व्यक्ति यस्ता हुने गर्दछन्, जसको नेतृत्व क्षमता अन्य व्यक्तिको भन्दा निकै राम्रो हुने गर्दछ। यस्ता व्यक्ति राम्रो हाकिम, नेतृत्वकर्ता वा नेता बन्ने गर्दछन्। यिनीहरुको आत्मविश्वासले नै अघि बढ्नमा सहयोग गर्दछन्। नेतृत्व क्षमताका कारण यिनीहरु प्रसिद्धी कमाउने गर्दछन्। आउनुहोस् जानौँ ती राशिका व्यक्तिका बारेमा

मेष राशि
राशि चक्रको पहिलो राशि हो मेष राशि । यी राशिका व्यक्तिको एक खास कुरा हुने गर्दछ, दोस्रो व्यक्तिसँग चाडै घुलमिल हुने गर्दछन्। जस्तोसुकै भिडमा पनि यिनीहरु आफ्नो कुरा सजिलै भन्न सक्छन्। यिनीहरुको आत्मविश्वास दोस्रो व्यक्तिको भन्दा अलग हुने गर्दछ। यिनीहरु आफ्नो लक्ष्यका लागि पुरै एकाग्रताका साथ काम गर्ने गर्दछन्।

Advertisement

वृष राशि
वृष राशिका व्यक्तिमा राम्रो नेतृत्वकर्ता हुने सबै गुण हुने गर्दछ। यिनीहरु आफ्नो साथीत्व र सम्बन्ध राम्रोसँग निभाउने गर्दछन्। घर परिवार तथा कार्यस्थलमा यिनीहरुलाई सम्मान मिल्ने गर्दछ। यिनीहरु टिमसँग मिलेर ठूला ठूलो लक्ष्यपनि सजिलै पुरा गर्ने गर्दछन्।

सिंह राशि
सिंह राशिका व्यक्ति साहसी हुने गर्दछन् र कुनै पनि जोखिम उठाउन पनि तयार रहने गदर्छन्। जोखिम उठाउने भएका कारण यिनीहरुमा नेतृत्वको क्षमता हुने गर्दछ।

मकर राशि
मकर राशि हुने व्यक्ति सल्लाहकार हुने गर्दछन्। परिस्थिती अनुसार आफूलाई परिवर्तन गर्न सक्ने गुण यिनीहरुमा हुने गर्दछ। लक्ष्य जति कठिन भएपनि धैर्य र योजनाका साथ पुरा गर्ने क्षमता यिनीहरुमा हुने गर्दछ।

More News last news
Loading...