ग्रह गोचर विषम छ अप्रत्यासित दुर्घटना घट्नसक्छः ज्यो. दीपक सुवेदी

काठमाडौं । पछिल्लो समयमा ज्योतिष फाँटमा विभिन्न हल्लाबाजी भइरहेका छन् । यस्तो अवस्थामा कुन ज्योतिष गुरुको भविष्यवाणीलाई विश्वास गर्ने र कुनलाई नगर्ने आम जनमानसमा अन्यौलता रहेको पाइन्छ । यसै सन्दर्भमा विगतमा राजा विरेन्द्रको मृत्युको भविष्यवाणी गरेका, पहिलो संविधानसभाबाट निकास ननिस्कने ठोकुवा गरेका, विषम परिस्थितिमा प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकारले चुनाब गराउनसक्ने बताएका, दोस्रो संविधान सभाबाट संविधान जारी हुने ग्यारेण्टी गरेका, संविधान जारी भएपछि जारी भएको संविधान सही मुहूर्तमा नपरेकोले कार्यान्वयन गर्न धेरै जटिलताहरु आइपर्ने भविष्यवाणी गरेका, दक्षिण एशियाली ज्योतिष महासंघका पूर्व संगठन सचिव समेत भइसकेका ज्योतिषी गुरु दीपक सुवेदी ।

अन्तर्वातामा चर्चित ज्यो. दीपक सुवेदीले ग्रहगोचर विषम रहेकोले अप्रत्यासित दुर्घटना घट्नसक्ने, ग्रहले दिएको अवसरको सदुपयोग गरेको खण्डमा के.पी. ओली नेपालका लागि मोदी हुनसक्ने, नेपालको लागि वैदिक साम्यवाद उत्कृष्ट व्यवस्था हुनसक्ने लगायतका महत्त्वपूर्ण कुराहरु बताएका छन् ।

Advertisement

उनले एक विशेष अन्तर्वार्तामा ती कुराहरु बताएका हुन् । फिल्मी टिभि तथा हाम्रो सन्देश डट्कमको लागि नबराज चौंलागीले लिएको अन्तर्वातामा ज्यो. सुवेदीले ती कुरा बताएका हुन् ।

स्मरण रहोस् ज्योतिषी दीपक गुरुले प्रचण्डलाई पार्टीको नाम एकिकृत माओवादी नफाप्ने सगरमाथा टिभिको एसटिभिच्याटमा जीवराम भण्डारीसँगको अन्तर्वार्तामा २०७३ बैशाख एक गते बताएका थिए । त्यस लगत्तै जेठको पहिलो हप्तामै प्रचण्डले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र बनाए।

More News last news
Loading...