काठमाडौं । एक्रेटिभ मिडिया र गैर आवासीय नेपाली संघ बिच सहकार्य सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा एक्रेटिभ मिडिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि पोखरेल र गैरआवासीय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार डवाडीले हस्ताक्षर गरेका हुन् ।
विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले शुरु भएको विश्वव्यापी स्तरको क्वीज मेनिया सिजन सातको तयारी गर्ने क्रममा एनआरएनए मार्फत करिव ६० वटा देशका विद्यार्थीहरुको सहभागीता गराउने र अन्य तयारीमा सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
विगतमा एसियाली स्तरको प्रतियोगितामा विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक विश्वव्यापी स्तरको कार्यक्रम निर्माण गर्न लागिएको आयोजक एक्रेटिभ मिडिया प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत तथा क्वीज मेनिया सिजन ७ का निर्माता हरि पोखरेलले बताए। प्रतियोगितामा विश्वमा रहेका उच्च माद्यामिक स्तरमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने छ।
उक्त प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरुका लागि यो कार्यक्रम एक अर्कालाई नजिकबाट चिन्ने, सांस्कृति, शिक्षा आदानप्रदान हुने र नेपालको पर्यटन समेत प्रवर्दन हुने आयोजकको अपेक्षा छ। यस अघि जस्तै सिजन ७ मा पनि कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल हुनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
