काठमाडौं । सोमबार राजधानीमा नेपाल प्रेस युनियनको २८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राज्यले सही ठाउँमा ल्याउनुपर्ने बताएका छन्।
त्यस्तैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार र सडकमा दुईओटा नेकपा देखिएको भन्दै वर्तमान सरकारले शान्ति-प्रक्रिया टुंग्याउन नसक्ने दाबी गरे।
यस्तै, अर्का कांग्रेस नेता गगन थापाले चन्द समूहले जनसेना गठन गरेको र काठमाडौं उपत्यकालाई निशाना बनाएको भन्ने सूचना हुँदा-हुँदै पनि सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
