घर सजावटका लागि विरुवा लगाउँदा ध्यान दिनुहोस् यी कुरा

एजेन्सी । वास्तुशास्त्रका अनुसार हरेक चीज वा घरमा राखेका सजावटका बस्तुको प्रत्यक्ष प्रभाव परिवारमा पर्ने गर्दछ। केही वस्तुले घरमा सकारात्मक उर्जा बढाउने गर्दछन् भने केही चीजले नकारात्मक उर्जा बढाउने गर्दछन्। ज्योतिषाचार्य प्रफुल्ल भट्टका अनुसार घरमा सजावटका लागि राखेका विरुवाको प्रभाव पनि परिवारमा पर्ने गर्दछ। यस्ता विरुवा राख्दा केही समयको ध्यान राख्नु पर्दछ, किनकी यस्ता विरुवाबाट पनि सकारात्मक र नकारात्मक उर्जा प्राप्त हुने गर्दछ। आज हामी तपाईलाई घरमा कुन विरुवा रोप्दा राम्रो र कुन विरुवा रोप्दा नराम्रो बन्ने बारेमा जानकारी दिदैछौँ।

यी कुरा ध्यान राख्नुहोस्
१) घरमा काँडेदार र दूध निस्किने विरुवा नराख्नुहोस्। किनकी यस्ता विरुवाले नकारात्मक उर्जा उत्पन्न गर्ने गर्दछ। तर गुलाब जस्ता काँडेदार विरुवा भने रोप्न सक्नुहुन्छ।

Advertisement

२) सजावट वाला रुख हुने खाले विरुवा घरमै तयार नगर्नुहोस्। बाहिरबाट लगाउनु उपयुक्त हुने गर्दछ। यस्ता विरुवाले परिवारमा बाधा उत्पन्न गराउने गर्दछन्।

३) घर वा अफिसमा सकारात्मक उर्जा बढाउनका लागि ताजा फूल राख्नुहोस्। ओइलिएको फूलले नकारात्मक उर्जा बढाउने गर्दछ।

४) प्लास्टिक वा रेशमको फूल पनि घरको कोठा सजाउन सक्नुहुनेछ, तर यिनीहरुको सफाइमा ध्यान दिन आवश्यक छ।

More News last news
Loading...