मकवानपुरमा बन्दको अवेज्ञा गरेको भन्दै बिहानै ट्रकमा आगजनी

मकवानपुर । बन्दको अवज्ञा गरेको भन्दै आज बिहान विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन्।

त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले बताए। आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ।

Advertisement

यस्तै आज बिहान हेटौँडाको बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो। बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।

More News last news
Loading...