जताजतै बम आतंक, धादिङको महादेवबेंशीमा पनि सकेट बम फेला

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा विष्फोटक पदार्थ फेला परेको छ। विष्फोटक पदार्थ फेला परेको झण्डै ४ घण्टापछि प्रहरीले त्यसलाई निष्कृय पारेको छ,।

आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो। विष्फोटक पदार्थ निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोली बोलाइएको थियो।

Advertisement

उक्त विष्फोटक पदार्थ सकेट बम रहेको प्रहरीले जनाएको छ।

यसैबीच धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको छ। अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन्।

हिजो काठमाडौँका विभिन्न स्थानमा बम विस्फोष्ट हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। प्रहरीले विभिन्न स्थानबाट बम फोला पारेको छ।

More News last news
Loading...