काठमाडौं । नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ। सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको हो। बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन्। ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएको प्रहरीलाई उदृत गदै अनलाईन खबरले जनाएको छ।
सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
मृतकको सनाखत हुन सकेको छैन । सुरेन्द्रकाअनुसार सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् । त्यही क्रममा विस्फोट भएको थियो । मृतक को–को हुन् भन्ने खुलेको छैन।
सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
