काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ। प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो।
चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा आकाश लामा छन्। अर्का व्यक्तिको पहिचान भएको छैन। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।
ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यो पनि प्रेसर कुकर बम भएको आशंका गरिएको छ। यसअघि सुकेधारा र अनामनगरमा पनि प्रेसर कुकर बम विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
