काठमाडौं । देशले एक महान व्यक्ति गुमाएको छ। पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको अस्पतालले पुष्टि गरेको हो।
नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश हुनु भएको थियो।
स्वर्गीय खत्रीको भोलि बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
