घर किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् यी कुरा

काठमाडौँ । वास्तु विज्ञानको सम्बन्ध तपाईको घर र तपाईका आसपासका चीजमा हुने गर्दछ। जसले तपाईलाई धनवान पछि बनाउने गर्दछ भने गरीब नी बनाउन सक्दछ। त्यसैले घर बनाउने वा घर खरिद गर्ने समय वास्तु विज्ञानका केही नियमको ध्यान दिनु पर्ने हुन्छ। आज हामी घर बनाउदा वा घर खरिद गर्दा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी गराउँदैछौँ।

१) घर वम फ्लाट खरिद गर्नु पहिले हेर्नुहोस् मुख्य द्वार पूर्व ईशान, उत्तर ईशान, दक्षिण आग्नेय र पश्चिमी वायव्यमा छ।

Advertisement

२) घरको मुख्य द्वार अगाडि बिजुलीको खम्बा, बिरुवा र मन्दिर नहोस्।

३) बाथरुम घरको मध्यमा वा मुख्य द्वारको सामुन्ने अशुभ मानिने गरिन्छ। त्यसैले घर खरिद गर्नुअघि यो कुराको ध्यान दिनुहोस्।

४) घरमा यदी बालकोनी छ भने उत्तर र पूर्व दिशामा शुभ मानिन्छ।

५) घरको किचन ईशानकोणमा नहोस्। किचनका लागि ईशानकोण शुभ मानिदैन्।

६) घर वा फ्ल्याटका अगाडि सिढी वा लिफ्ट राम्रो मानिदैन्। यसो हुनु वास्तुशास्त्रमा अशुभ मानिन्छ।

७) बिजुलीको स्विचबोर्ड दक्षिण पूर्वी दिशामा शुभ मानिन्छ।

८) घर खरिख गर्दा एल वा सी आकारको नकिन्नुहोस् । यो आकारको घरलाई शुभ मानिदैन्।

९) पूजा स्थल शयन कक्षमा नबनाउनुहोस्। यसलाई ईशान कोण अर्थात उत्तर पूर्व दिशा शुभ मानिन्छ।

More News last news
Loading...