काठमाडौँको तारकेश्वरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्। मोटरसाइकलमा तीनजना सवार दिए।

तारकेश्वर नगरापलिका-११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

उनको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो। मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...