एजेन्सी । समुद्रशास्त्रमा मानिस्को भविष्यवाणी उसका शरीरका विभिन्न अंग हेरेर पनि गर्न सकिन्छ। हातको औँलाले पनि मानिसको व्यक्तिका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई बुढी औँला हेरेर कसरी मानिसको स्वभावका बारेमा थाहा पाउने भन्ने बारेमा जानकारी दिदैछौँ।
१ सिधा बुढी औँला
जुन व्यक्तिको बुढी औँला सिधा हुन्छ, त्यस्ता व्यक्ति प्रोफेसनल, अनिशासित, सफलता प्राप्ति गर्ने र व्यवस्थित हुने गर्दछन्। यस्ता व्यक्तिको जीवनको लक्ष्य भनेको धेरै पैसा र इज्जत कमाउनु हुन्छ। यस्ता व्यक्तिहरु घमण्डी, स्वार्थी र अहंकारी पनि हुन सक्छन्। आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन। देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन्। यस्ता व्यक्तिको वैवाहिक सम्बन्ध निकै राम्रो हुने गर्दछ।
२ थोरै बांगो बुढी औँला
जुन व्यक्तिको बुढी औँला सामान्यतया थोरै बांगो हुने गर्दछ, त्यस्ता व्यक्ति रोमान्टिक खालका हुने गर्दछन्। यस्ता व्यक्ति आफ्नो काम गर्न मन पराउछन्। कुनै काममा गए पनि त्यहाँ सबैको मन जित्न सफल हुन्छन। हरेक काममा सकरात्मक सोच लिन्छन। यस्ता व्यक्तिको वैवाहिक जीवन सुखमय हुने गर्दछ। नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ। तर व्यापार व्यवसायमा संलग्न रहेमा यस्ता व्यक्तिले निकै लाभ उठाउन सक्छन।
३ पुरै बाङ्गिएको बुढी औला
जुन व्यक्तिको बुढी औँला पुरै बाङ्गिएको जस्तो हुन्छ, त्यस्ता व्यक्ति निकै स्वझा हुने गर्दछन्। यस्ता व्यक्तिमा कलिकति पनि घमण्ड र स्वार्थ हुँदैन । जस्तो सुकै समस्या आएपनि समाधान गर्न सक्ने क्षमता यस्ता व्यक्तिमा हुने गर्दछ। यस्ता व्यक्ति कम बोल्ने र धेरै काम गर्ने खालका हुन्छन्। यस्ता व्यक्तिलाई राजनीतिक तथा नेतृत्वकर्ताको काम निकै राम्रो मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
