आज धनको वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोस्

मिथुन
ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । कुरामा विश्वास नगर्नु होला काममा ध्यान दिनुहोला । कर्म अनुसारको फल मिल्नेछ । सतर्क रहनु होला,देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। यात्राको सम्भावना देखिन्छ।

कर्कट
स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा नगर्नु होला पछि उठाउन गाह्रो हुनेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ। काम गर्दा गोपनियता अप्नाउनु होला।

Advertisement

तुला
समयले साथ दिनेछ। काम गर्ने जोश जागर बढ्नेछ। उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् र अर्थोपाजन पनि हुनेछ। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला। भ्रमलाई चिरेर काम गर्नु होला।

मिन
समस्याहरु घट्ने छन् । सुख शान्तिमा वृद्धि हुनेछ। सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन्। कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सामाजिक उत्तरदायित्व बढ्नेछ। सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ। परिवारबाट सहयोग पाईनेछ। इज्जत प्रतिष्ठा बढ्नेछ।

More News last news
Loading...