काठमाडौं । सरकारले अब मोटरसाईकल र स्कुटरमा सवार हुने अर्थात पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जानकारी दिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले भने,‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ।
यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत (पास) हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
