काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, कम्तीमा ३ जनाको मृत्यु

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट त्रिशुली नदीमा खसेको हो।

Advertisement

अहिले उद्धारकार्य जारी छ। समाचारको विस्तृत विवरण आउन बाँकी छ।

More News last news
Loading...