आँखा फुटेको र शरीर जलेको अवस्थामा दुईवटा शव फेला

काभ्रेपलान्चोक । काभ्रेमा खानेपानीको मुहान मर्मत गर्न गएका दुईजना मृत भेटिएका छन् । मृत्यु हुनेहरुमा रोशी गाउँपालिका–१० का अन्दाजी ५० वर्षीय सञ्चर सिंह तामाङ र ४० वर्षीय नरबहादुर तामाङ रहेका छन्।

घरको धारामा खानेपानी नआएपछि मुहानमा मर्मत गर्न गएका दुईजनाको शव रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटार जङ्गलमा भेटिको हो।

Advertisement

स्थानीयका अनुसार उनीहरु मुहानमा मर्मत गर्न बुधबार नै घरबाट निस्कीएका थिए। दुई दिनसम्म घर नफर्कीएपछि उनीहरुलाइ खोज्ने क्रममा शुक्रकार बिहान दुवैजनाको शव जङ्गलमा भेटिएपछि प्रहरीलाइ खबर गरेको रोशी गाउँपालिका १० का वडाध्यक्ष दूधराज तामाङले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एक जनाको शरीर केही जलेको अवस्थामा र अर्को एक जनाको जनाको आँखा फुटेको अवस्थामा शव भेटिएको छ।

अहिले घटनाबारे थप अनुसन्धान भईरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

More News last news
Loading...