नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व, कुन संगठनमा को ?

काठमाडौं । सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनको भागबण्डा मिलेको छ। नेकपा सचिवालयको बैठकले बिहीबार भागबण्डा मिलाएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पुग्नुभन्दा ठिक एक दिन पहिला यस्तो भागबण्डा मिलेको हो।

नेताहरुका अनुसार भागबण्डाअनुसार सबैभन्दा महत्वपूर्ण मानिएको संगठन मध्ये विद्यार्थी संगठन तत्कालीन एमाले निकटलाई भाग परेको छ भने युवा संगठन माओवादीलाई।

Advertisement

विद्यार्थी संगठन अनेरास्वीयूको संयोजकमा तत्कालीन अनेरास्ववीयूका महासचिब ऐन महरमा सहमति भएको छ । यस्तै वासीएल संयोजक दिपशिखा (रामप्रसाद सापकोटा)लाई युवा संघको संयोजक बनाइएको छ।

अनेरास्वीयूको सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् भने युवा संघमा रमेश पौडेल। यस्तै महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन्।

प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक तोकिएका छन्। संयोजक र सहसंयोजक तोकिए पनि अन्य पदाधिकारीबारे भने छलफल जारी रहेको जनाइएको छ।

More News last news
Loading...