काठमाडौं । योगा युनिभर्सिटी अफ दि अमेकिाजले यही जेठ १६ गते अर्थात मे ३० तारिखमा काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा विश्विद्यालयले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा रहेको उक्त विश्वविद्यालयले आफ्नो पहिलो दिक्षान्त समारोह नेपालको काठमाडौंस्थित् नेपाल प्रज्ञा भवनमा अपरान्ह ३ बजे गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका भाईस चान्सलर डा. योगी देवराजले उक्त दीक्षान्त समारोहमा विश्वका ७ भन्दा बढि राष्ट्रका ख्याँतिप्राप्त व्यक्तित्वहरु, भाईस चान्सलरहरु, योगा च्याम्पियनहरु र अन्तर्राष्ट्रिय व्यक्तिहरुको सहभागिता रहने जानकारी दिए। उनका अनुसार योगा युनिभर्सिटी अफ द अमेकिाजले योगाको माध्यमबाट विश्वभरि ‘हेल्थ-कल्चर’ लाई फैलाएको छ ।
उक्त दीक्षान्त समारोहमा विश्वविद्यालयले विद्यावारिधि, मानार्थ डक्टरेट, एम.फिल र एम.एस डिग्री हाँसिल गर्नेलाई दिक्षित गर्ने पनि उनले जनाए । यसका अलवा विश्विद्यालयले उक्त समारोहका दिन लाईफ टाईम एचिभमेन्ट र भारथ संस्कृति भुषण अवार्डपनि प्रदान गरिने डा. देवराजले जानकारी दिए । उनले भने,‘हाम्रो विश्वविद्यालयले योगाको माध्यमबाट विश्वभरिनै हेल्थ कल्चरबारे ग्लोबल अवेरनेश कार्यक्रम चलाउँदै आएको छ । हामीले भक्ति योगा, कर्मा योगा, न्यान योगा, नादा योगा, नृत्य योगा, अध्यात्म योगा र पतञ्जली अष्टाङ योगापनि गर्दै आएका छौं ।’
दिक्षान्त समारोहमा उपस्थित् हुने विद्यार्थीहरुलाई ‘सर्टिफिकेट अफ पार्टिसिपेशन’ र विभिन्न कलेजहरुलाई ‘लेटर अफ एप्रिसिएशन’ प्रदान गरिनेछ। कार्यक्रममा विश्वविद्यालयका ईष्ट ईण्डिया र नेपालका निर्देशक गोवद्र्धन प्रसाद अटलले दिक्षान्त समारोहमा ८० भन्दा बढि विद्यार्थीहरु दिक्षित हुने जानकारी दिए।
कार्यक्रममा विश्वविद्यालयका काठमाडौं संयोजकत्रय पण्डित वासुदेवकृष्ण शास्त्री, डा. हरिप्रसाद पोखरेल र जय किसन सर्दाले पनि दिक्षान्त समारोह भव्य रुपमा सञ्चालन हुने विश्वास दिलाए। उनीहरुले आफूहरुको नेतृत्वमा दिक्षान्त समारोह समिति बनाएको पनि जानकारी दिए।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले दिक्षान्त समारोहलाई सफल तुल्याउनको लागि आफूहरुको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए। धमलाले नेपालमा हुने योगासम्बन्धीको पहिलो दिक्षान्त समारोह भएकोले उल्लेख्य रुपमा सहभागिता जनाउन आग्रह समेत गर।
दिक्षान्त समारोह नेपालमा गर्नुको मुख्य उद्देश्यभ नेको भारतपको अलावा सनातन धर्मको मुख्य सूत्र नेपाल भएकोले र धेरै ऋषिमुनिहरुको पनि ध्यान क्षेत्र नेपाल भएकोले यहीँ दिक्षान्त समारोह गर्न लागेको विश्वविद्यालयले विश्वास दिलाएको छ।
भाईस चान्सलर डा. देवराजले भने,‘मानवीयताको लागि गोरखनाथ, नहरिनाथजस्ता ऋषिहरुको मुख्य योगदान छ। विश्वकै अग्रणी योगा विश्वविद्यालय भएकोले आफूहरुले नेपालमा दिक्षान्त समारोह आयोजना गरेर विश्वभरि नै योगाको महत्व दर्शाउन खोजेका छौं ।’ शान्ति र सद्भाव विश्वभरि फैलाउने विश्वविद्यालयको उद्देश्य छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
