काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मिडिया काउन्सिलसम्बन्धी विद्येयक मिडियाकर्मीहरुको साझा विद्येयक भएकोले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान हटाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै धमलाले भने, ‘पत्रकारहरुलाई समाचार लेखेकै भरमा जेल हाल्ने र निष्तेज पार्ने खालको विद्येयक आउनुहुँदैन। विद्येयक चाहिन्छ । हामी पनि आचार संहितामा बस्नुपर्छ । तर, पछिल्लो प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने प्रयास भयो यो गलत हो।’ नेपाली मिडियाले लोकतन्त्र ल्याउनको ठूलो योगदान पुर्याएको भन्दै आज प्रेसलाई नै आक्रमण गर्न खोजिनु गलत भएको टिप्पणी गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
