गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ठप्प

काठमाडौँ । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आईतबारबाट ठप्प भएको छ।

ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सरकारले पठाउन ढिलाइ गरेपछि मुख्य काम नै रोकिएको हो।

Advertisement

अहिले विमानस्थलको मुख्य धावनमार्गको पिच गर्ने काम चलिरहेको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणबाट भुक्तानी हुनुपर्ने रकम नआएपछि ठेकेदार कम्पनी चिनियाँ नर्थवेष्ट युनाइटेडले काम रोकेको जनाएको छ।

आयोजनाले एडीबीमार्फत पाउनुपर्ने १० करोड रूपैयाँ पाएको छैन।

More News last news
Loading...