काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितका लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन्।
प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नका लागि नयाँ कानून ल्याइन लागेको बताएका हुन्।
उनले मिडियाका मालिकले कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले यो विधेक ल्याइन लागिएको बताए। उनले श्रम गर्ने पत्रकारलाई अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता समेत जनाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
