काठमाडौँ । तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको बुद्ध सामूदायिक वनमा एक व्यक्तिले आत्माहत्या गरेका छन्।
गोकुल गंगा –३, रामेछाप घर भई हाल तारकेश्वर–२, ढकालटार बस्दैआएका वर्ष ३५ का आङ नर्वु शेर्पाले सल्लाको रुखमा झुण्डिएर आत्माहत्या गरेका हुन् ।
आज दिउँसो साढे ३ बजे तारकेश्वर–६ का एक जना स्थानीय महिला बाख्रा चराउँदै गर्दा शेर्पालाई झुण्डिएको अवस्थामा देखेर खबर गरेपछि घटना सार्बजनिक भएको धर्मस्थली प्रहरी चौकीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
