खोलामा डुबेर २ बालकको निधन

कैलाली । लम्कीचुहा–७ को रोरा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ।

परशुराम चौधरीका नौ वर्षीय छोरा समर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदिप चौधरीको नुहाउने क्रममा खोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ।

Advertisement

जिटी फारवेष्टन एकेडमीमा कक्षा चारमा अध्ययन गर्ने दुबै बालकको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

More News last news
Loading...