अन्ततः पछि हट्यो सरकार, संसदमा प्रयोग भएका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं । अन्ततः सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिएपछि प्रधानमन्त्री ओलीलाई सांसदहरुले पुनः स्पष्टिकरण सोधेका थिए ।

Advertisement

स्पष्टिकरणमा उठेका जिज्ञासाको जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु भनेपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षीले त्यसैदिन प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेको विषयमा आफ्नो ध्यानाकर्षण भएकाले बस्न पटक-पटक अनुरोध पनि गर्नुभएको थियो । तर प्रतिपक्षी कांग्रेसले विरोध गर्न नछाडेपछि विरोधकै बीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

त्यसपछि शुक्रबार बसेको बैठकको सुरुमा नै सभामुख महराले मंगलबारको बैठकमा प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाउने सचिवालयलाई निर्देशन दिएका हुन् ।

More News last news
Loading...