काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा प्रयोग गरेको अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महाराले निर्देशन दिएका छन्।
सभामुख महराले भने, सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग गरेका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु।
संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसद्ले सोधेका उठेका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा भन्ने शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै ती शब्द संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
