काठमाडौं । नुवाकोटमा सरकारी मोटरसाइकल भीरमा खस्दा एकजना घाइते भएका छन् ।
विदुर नगरपालिका – ८ को भैरमकोट भीरबाट मोटरसाइकल करिब ५० मिटर तल खस्दा मोटरसाइकल चालक खानेपानी विभागका कर्मचारी घाइते भएका हुन् । घाइते कर्मचारीको करङ भाँचिएको हुनसक्ने आशंकामा उपचारका लागि काठमाडौं पठाइएको छ ।
मोटरसाइकलका पछाडी सवार अर्का एक व्यक्ति भने सकुशल रहेको स्थानीय नारायण गौतमले जानकारी दिनुभयो । ५० मिटर तल खसेको मोटरसाइकललाई स्थानीयको सहयोगले सडकमा उकालिएको गौतमको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
