बौद्ध–जोरपाटी सडकखण्डमा प्रर्दशनका क्रममा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको बौद्ध-जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन्।

बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ। उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए।

Advertisement

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए। केही समयपछि झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

More News last news
Loading...