सिन्धुपाल्चोक । नेपाली कांग्रेसले पार्टी सदृढीकरणका लागि जागरण अभियान सुरु गरेको छ। पार्टीको जागरणअभियान उद्घाटन सत्रमै झडप भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा झगडा भएको हो।
झडपमा परेर तरुण दलका १ कार्यकर्ता घाइते भएका छन्। उद्घाटन सत्रको सुरुको मन्तव्य राखेका देउवामाथि पार्टीकै देउवाविपक्षी कार्यकर्ताहरुले एकलौटी पार्टी चलाएको आरोप लगाएपछि देउवापक्ष र विपक्षबीच विवाद भएको हो।
सो क्रममा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन्। झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग समेत मच्चिएको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
