एजेन्सी । कयौँ व्यक्तिलाई आफ्नो बेडरुममा अलग अलग तरिकाको तस्वीर लगाउने शोक हुन्छ। घरमा तस्वीर लगाउदा वास्तुशास्त्रको ध्यान दिन जरुरी छ। कुन तस्वीर कसरी लगाउने भन्ने बारेमा तपाई हामी धेरै अन्यौलमा पर्न सक्छौँ। आज हामी तपाईलाई वास्तुशास्त्रका कुन तस्वीर लगाउदा ठिक हुन्छ भन्ने बारे जानकारी दिदौँ छौँ :
१) बेडरुमका लागि छान्नुहोस् यस्ता रंगका तस्वीर
बेडरुममा कालो, निलो, बैजनी तथा डार्क रंगका तस्वीर नलागाउनुहोस्। यस्तो गर्दा उक्त कोठामा बस्ने दम्पत्तिबीच मनमुटाब बढ्न सक्छ। त्यसैले कोठामा सेतो, हल्का गुलाबी वा हल्का पहेलो रंगका तस्वीर लगाउदा पति पत्नीबीच मनमुटाव बढ्ने गर्दछ।
२) बच्चा मुस्कुराइ रहेको तस्वीर लगाउनुहोस्
घरमा सुख, शान्ति चाहुनुुहुन्छ भने बच्चा मुस्कुराउदै गरेको तस्वीर लगाउनुहोस्। यस्ता तस्वीर लगाउदा ध्यान दिनुहोस्। ती तस्वीरमा घरका सबै सदस्यको नजर पुगोस्।
३) बच्चाको कोठामा जनावरको तस्वीर नराख्नुहोस्
वास्तुशास्त्रका अनुसार बच्चाको कोठामा कहिलै पनि जनावरको तस्वीर नलगाउनुहोस्। यस्ता तस्वीर बच्चाको कोठामा राख्दा बच्चाको मानसिकता र सोचमा नराम्रो असर पर्न सक्छ।
४) स्वर्गिय व्यक्तिका तस्वीर उक्तर दिशामा राख्नुहोस्
घरका कुनै सदस्य स्वर्गवास भएका छन् भने उनीहरुको तस्वीर जहिले पनि उत्तर दिशामा राख्नुहोस् । यस दिशामा उनीहरुको तस्वीर लगाउदा घरमा सधै उनीहरुको कृपा मिल्ने गर्दछ।
५) नदी वा झरनाको तस्वीर नलगाउनुहोस्
घरमा बगिरहेको पानी वा झरनाको तस्वीर नलगाउनुहोस्। बगिरहेको पानीको तस्वीरले घरमा आर्थिक नोक्सान हुनसक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
