धादिङबेसी । नेपाली काँग्रेस धादिङले आज जागरण अभियान सुरु गरेको छ। सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै आज एक भव्य कार्यक्रमकाबीच काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नामक अभियान सुरु गरेको हो।
धादिङमा हुने जागरण अभियानको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलले विरुवामा पानी राखेर कार्यक्रमको उद्घाटन गरे। उद्द्घाट कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले आम कार्यकर्ताको सहभागीताले सरकारको गलत गतिविधिको स्थानीय तहसम्म भन्डाफोर र काँग्रेसको आन्तरिक जीवनमा पुनः जागरन गर्न लागिपर्न अनुरोध गरे
आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ। आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ।
अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ। अभियान उद्घाटनमा नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
