बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ। बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो।
बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि।
यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ।
किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ। यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ ।
अन्य केही कार्यहरु निम्न छन् :
१.बुधवार व्रत बस्नुहोस्।
२. वुधबारको दिन हरियो घाँसपात बस्तु–भाउलाई खुवाउँनुहोस्।
३. समलिंगीको सेवा गर्नुहोस् ।
४. हरियो चना भिजाएर चरा-चुरंगीलाई खुवाउँनुहोस्।
५. नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस्।
६. बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको प्रजा–आजा गर्नुपर्छ।
७.धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस्
८.बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
