काठमाडौँ । शरीरका विभिन्न अंगले मानिसको व्यक्तित्व झल्काइ रहेको हुन्छ। शरीरका अंग हेरेर पनि मानिसको धेरै कुरा थाहा पाउन सकिन्छ। ज्योतिषशास्त्रमा मानिसको अंग हेरेर भविष्यवाणी गरेजस्तै चिकित्सा क्षेत्रमा पनि अंगको रंग हेरेर स्वास्थ्य अवस्थाका बारेमा थाहा पाउन सकिन्छ । आज हामी तपाईलाई जिब्रोको रंग हेरेर स्वास्थ्य अवस्था पत्ता लगाउने तरिकाबा बारेमा जानकारी दिदैछौँ।
गुलाबी
यदि तपाईंको जिब्रोको रंग गुलाबी छ र सधैं नरम हुन्छ भने स्वास्थ्यमा कुनै खराबी छैन । त्यसमा कुनै दागधब्बा देखिनु हुँदैन।
गाढा रातो
जिब्रोको गाढा रातो रंगले संकेत गर्छ की, तपाईको रगतको तापमान बढी छ । कुनै संक्रमण, चोटपटक छ वा ज्वरो आएको छ भने पनि जिब्रो गाढा रातो हुन्छ । भिटामिनको कमीले पनि जिब्रोको रंग रातो हुनसक्छ ।
सुख्खा पहेंलो
जिब्रोको रंग पहेंलो छ र सुख्खा पनि छ भने तपाईंमा थकान, कमजोरी, अनिद्राको संकेत गर्छ । त्यस्तै, आन्द्रामा समस्या हुँदा पनि जिब्रोको रंग पहेंलो तथा सुख्खा हुने गर्छ । जण्डिस भएको अवस्थामा समेत जिब्रोको रंग पहेंलो हुन्छ ।
जिब्रोको दाँयाबाँया रातो
पेट तथा आन्द्राको समस्या छ भने त्यसको प्रभाव जिब्रोमा देखिन्छ । यदी तपाईंको आन्द्रामा समस्या छ भने जिब्रोको दाँयाबाँया भाग रातो हुन्छ । जिब्रोको अगाडि वा टुप्पोको भागमा रातो छ भने रजोनीवृत्ति तथा मानसिक समस्याको कारण पनि हुनसक्छ ।
सेतो
यदि तपाईंको जिब्रोको छाला सेतो छ, सेतो वा पहेंलो काई लागेको छ भने थाहा पाउनुस्, तपाईंलाई चिसो तथा भाइरलको संक्रमण हुनसक्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
