काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको प्रधानमन्त्रीले जवाफ दिएपछि प्रधानमन्त्रीको जवाफमा फेरि सांसदहरुले प्रश्न तेर्साएका थिए ।
सांसदहरुले तेर्साएको प्रश्नको जवाफ दिन रोस्ट्रम पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’ भनेपछि संसदमा हंगामा भयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सांसदहरुले उठाएका जिज्ञासालाई आक्रोश, कुण्ठा भनेर प्रधानमन्त्रीले अपमान गरेको भन्दै नाराबाजी गरेका थिए । कांग्रेस सांसदहरु उठेर टेबल र माइक ठटाउन थालेका थिए ।
कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले पदीय गरिमा नराखेको भन्दै विरोध गरे । कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग पनि गरेका थिए । त्यस क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवालजवाफ बढ्दै गएपछि बैठक तनावपूर्ण बनेको थियो ।
कांग्रेस सांसदको विरोधका कारण बहुमतले बैठकमा नीति तथा कार्यक्रम पारित गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
