काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
गत चैत २६ गते महानगरीय अपराध महाशाखाको टोलीले रानीबारीमा भएको एक डकैटी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको खुलेपछि निलम्बनमा परेका हुन्।
श्रेष्ठसहितको समुहले लालेन्द्र लालचनको घरमा पसेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार रुपैयाँ बराबरको लुटपाट गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
