काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन्। सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो।
सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
वैशाख १ गतेबाट सुरु गरिएको सफाइ अभियान सगरमाथाको बेस क्याम्पमा पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
