मौसमी रुघाखोकीबाट हुम्लामा ९ जनाको मृत्यु, स्वास्थ्य संस्थामा औषधि अभाव, स्थानीय सरकार बेखबर

हुम्ला । हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएको छ।

Advertisement

मृत्यु हुनेमा ७६ वर्षीया उमकली मल्ल, ७० वर्षीयालालसरा रिठाल, ६० वर्षीयसुरजित खडका, ५५ वर्षीयलक्ष्य सुनार, ५५ वर्षीयबजिरी सुनार, ५५ वर्षीयवीरबल रिसाल, ५० वर्षीयरंगे कोली, ४ वर्षीयासुनकेसा सुनार र १० महिने रन्जती सुनार छन्।

चैत २६ देखि शनिबारसम्म उनीहरूको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत तुलसीप्रसाद अधिकारीले बताए। उनका अनुसार दुई बालकको निमोनियाँ र झाडापखालाबाट मृत्यु भएको हो।

अन्य मृतक लामो समयदेखि दम तथा श्वासप्रश्वासका बिरामी र मौसमी रुघाखोकीको मारमा परेको उनको भनाइ छ।

More News last news
Loading...