एजेन्सी । समुद्रशास्त्रमा व्यक्तिका जीवनका थुप्रै आवश्यक कुराहरु उल्लेख गरिएको छ। जहाँ व्यक्तिका व्यवहार, आनिबानी स्वभाव जस्ता कुरा उल्लेख गरिएको छ। आज हामी समुद्रशास्त्रमा उल्लेख गरिएका केही महत्वपूर्ण उपायका बारेमा जानकारी दिदैछौँ। जसबाट तपाई कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारे आफै पत्ता लगाउन सक्नुहुन्छ।
यसरी थाहा पाउनुहोस् मानिसको व्यक्तित्व
१) दाँतमाथि दाँत खप्टिनु
समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानि हुन्छन् । यसका साथै यिनीहरुको राम्रा तथा सधैँ साथ दिने मित्रहरु हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन्।
२)छ वटा औँला
समुद्रशास्त्र अनुसार जसको हातमा ५ वटा नभएर ६ वटा औँला हुन्छ उनीहरुको भाग्य एकदमै बलियो हुन्छ। यी व्यक्तिहरु हरेक कामलाई आफ्नो मान्छन् र धेरै नै इमान्दारीताको साथ गर्ने गर्छन् । यसका साथै यी व्यक्तिहरुले प्रसिद्धि समेत कमाउँछन् ।
३) दाँतको बीच खाली ठाउँ
दाँतको बीच ग्याप हुने व्यक्तिहरु आर्थिक क्षेत्रका निर्णय लिन धेरै नै सक्षम हुन्छन्। समुद्रशास्त्र अनुसार यस्ता व्यक्तिहरु गफाडि हुन्छन् र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन्। भनिन्छ कि जसको अगाडिको दाँतबीच खाली ठाउँ हुन्छ त्यस्ता व्यक्तिहरु पैसा देखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन्।
४) पुरुषको छातीमा रौँ
जुन पुरुषको छातीमा रौँ हुन्छ त्यस्ता पुरुषहरु धेरै ने शान्त र सरल स्वभावका हुन्छन् । पैसाको कुरा गर्ने हो भने यस्ता व्यक्ति धेरै नै धनी हुन्छन् र यीनीहरुलाई जीन्दगीभर कहिल्यै पनि धनको कमी हुँदैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
