एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बचेर हिड्नु पर्छ । यदि बाटोमा हिँड्दा भुलवंश यस्ता चीज छोएमा नुहाएर मात्रै अरु काम गर्नु पर्छ । यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नराम्रो प्रभाव पार्न सक्छन् ।
यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ :
१.तन्त्रमन्त्रका चिजहरुः नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट पिछा छुटाउनको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी–कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।
२. हड्डीः बाटोमा हिड्दा सडकमा यदिकुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै हट्नुस । यसलाई छोएमा धेरै प्रकारका दोष हाम्रो जीवनमा प्रभावित गर्न सक्छन । अन्डाको बोक्रा वा कुनै पन्क्षीको पंखेटा सडकमा देखेमा यसबाट बच्नुपर्छ।
३. कपालः बाटोमा हिड्दा तपाईले कपालको पोको देखेमा त्यसबाट टाढा हुनुहोस् र बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।
४. नुहाएको पानीः शहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाउँमा मानिसहरु घरको बाहिर वा धारा, कुवा, ट्युवेलनजिकै नुहाउँछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिड्नुपर्छ ।
५. खरानीः सडकमा हिड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्न पर्छ । यो खरानीकुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिड्नमा ठीक हुन्छ ।
६. मृत पशुः सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ त्यसैले यदी भुलबस छोएमा नुहाइहाल्नुपर्छ ।
७. फोहोर कपडाःबाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ । यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ त्यसैले यस्ता कपडा लाई छुन हुँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
